प्रतिनिधि सभाको बैठक(प्रत्यक्ष प्रसारण)भारतले नेपाली भूमि मिचेर तटबन्ध बनायो

 

काठमाडौँ । संघीय प्रतिनिधि सभाको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा समसामियक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठक दिउँसो १ बजेबाट सुरु भएको हो ।

बैठकमा भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गरेकोनेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।
बैठकमा सांसद बडूले समय माग गरेर दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दार्चुला सदरमुकामको गल्फै गाउँमा नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको छ, दार्चुलाका सांसद बडूले भन्नुभयो, भारतका एसडीएम र डीएमसँग भनियो तर कुनै सुनुवाइ भएको छैन । जनताले पटकपटक विरोध गर्दा पनि केही जवाफ आएको छैन ।