कैलाली तनावग्रस्त, गोली लागेर दुई घाइते

maitrinews

 

कैलाली । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।
आज बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो।
गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्।
उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो। प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिइसकेको छ।