सेयर कारोबार बढ्यो

maitrinews

 

काठमाडौं । बुधबार सेयर बजार बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५७० दशमलव २५ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै समूह बढेका छन् । हाइड्रो भने १४ दशमलव ९५ अंकले घटेको छ ।