दुर्गाप्रसादलाई नागरिकता

maitrinews

इलाम । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिनाले नागरिकताको प्रमाणपत्र पाउनु भएको छ ।
४० वर्ष भारतको कोलकातामा जेल जीवन भोगेर केहि दिन अघि माई नगरपालिका १० मा रहेको घर आईपुग्नु भएका दुर्गाप्रसाद तिम्सिनाले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाणापत्र लिनुभएको हो । उहाँको नागरिकता नम्बर ०३(०७(३२५१ रहेको छ। । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले उहाँलाई नागरिकताको प्रमाणपत्र दिनु भएको हो । नागरिकता पाए पछि तिम्सिनाले आफूलाई खुशी लागेको बताउनुभयो । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिक्ता अहिले सम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिक्ता बनाइएको हो ।