प्रदेश १ सरकार विस्तार

maitrinews

 

काठमाडौं । प्रदेश १ सरकार विस्तार गरिएको छ । सरकारका नवनियुक्त मन्त्रीहरुलाई आज पद तथ गोपनीयताको शपथ गराइएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माओवादी छाडेर एमालेतिर लागेका र खनाल नेपाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ लिनुभयो । । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिनुभयो ।