एमाले संसदीय दलको बैठकमा खनाल—नेपाल पक्षका सांसद पनि सहभागी

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो।
बैठकमा नेपाल–खनाल पक्षका सांसदहरुको पनि उपस्थिति छ । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने अडान लिए पनि अन्ततः अडान फेर्नु भएको छ ।

बालुबाटार बैठकअघि आजै खनाल—नेपाल पक्षको छुट्टै बैठक बसी संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो ।