काठमाडौँको आकाश तुवाँलोले ढाक्यो

maitrinews

 

काठमाडौं । काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको जल तथा मौसमविद ङमिन्द्र दाहालले बताउनुभयो ।
पानी पर्नका लागि न्युन चाप भएको हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आयो ‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ । भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उहाँले बताउनुभयो ।

हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदुषण भएको हो ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको बताउनुभयो । प्रदुषणका कारण आँखा पोल्ने समस्या बढेको छ ।