काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जलि

maitrinews

 

काठमाडौं । शुक्रबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिएको थियो । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।
पूर्वउद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता हुनुहुन्थ्यो । विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।