सामान्य रुपमा फागु पर्व,पहिलेजस्तो भीडभाड छैन

maitrinews

 

काठमाडौं । कोरोना कारण आज सामान्य रुपमा फाग पर्व मनाइएको छ । आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेलेर मनाउने प्राचीन परम्परा छ।
तर , कोभिड का कारण सरकारले पनि घरमै होली पर्व मनाउन र सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध लगाएको छ। त्यसो त कोभिड त्रासकै कारण बालबालिका र युवाले मात्रै सामान्य रूपमा होली खेलेको देखिन्छ। देशभर होली पहिले जस्तो उत्सव देखिएको छैन।