राष्ट्रपति भण्डारीव्दारा श्रद्धाञ्जलि व्यक्त

maitrinews

 

काठमाडौँ । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
नेता मानन्धरको सोमबार ९१ वर्षको उमेरमा निधन भएको हो। मानन्धरको निधनमा राष्ट्रपति भण्डारीले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ , ‘नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनको खबरले मलाई दुस्खी तुल्याएको छ। स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।