एमाले बलियो बन्छ : मानन्धर

maitrinews

 

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सर्वोच्च अदालतको आदेश पालना गरेर अगाडि बढे नेकपा एमाले थप बलियो बन्ने बताउनुभएको छ ।

बालाजु बाइपासमा निर्माणाधीन सूचना केन्द्रको शिलान्यास गर्दै मन्त्री मानन्धरले पार्टीभित्र देखिएको संक्रमण केही दिनभित्रै समाधान हुने दाबी पनि गर्नुभयो। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टीको मान्यता दिएकाले अब एमाले थप संगठित हुने स्पष्ट गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समृद्ध नेपाल निर्माणको अभियानमा काठमाडौं महानगरले आवश्यक काम गरिरहेको बताउनुभयो। करिब एक करोड लागतमा बालाजु बनेपास्थित काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ९९ र १२५ को जग्गामा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माण गरिँदै छ।