संखुवासभामा बस दुर्घटन : ३२ जना घाइते, १३ को अवस्था गम्भीर

maitrinews

 

संखुवासभा । संखुवासभा मादी बाट धरानतर्फ आउँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् भने १३ जनाको अवस्था गम्भीर रहेको छ । को १ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
बस दुर्घटनामा घाईते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।