एकै पटक १६५ वटा सडकको शिलान्यास

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १६५ वटा सडकको शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ समारोहमार्फत सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले १६५ वटा सडकको स्वीच थिचेर शिलान्यास गर्नुभएको हो ।

आज शिलान्यास भएका १६५ वटै सडकको ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएको र यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको हो ।

प्रत्यक्ष निर्वाचित सांसदहरुले निश्चित क्राइटेरियाका आधारमा सिफारिस गरेका सडकहरु छनौट भएका हुन्।

सडक निमार्ण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ ।