प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

 

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुँदै छ ।
९ महिनाअघि १५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट यो विधेयक बहुमतका आधारमा पारित भएको थियो ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संघीय निजामती सम्बन्धी समितिको प्रतिवेदन पेस गर्न लाग्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पेस र सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्ने कार्यसूची छ ।