यस पटक पनि बिस्का जात्रा रोकियो

maitrinews

 

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय गरिएको छ । जसअनुसार बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरिएको हो ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले गत वर्ष जस्तै यस वर्ष पनि बिस्का जात्रा रोक्ने निर्णय गरेको हो । गत वर्ष पनि बिस्का जात्राका सम्पूर्ण विधि विधानलाई रोकेर औपचारिकतामा मात्रै सीमित गरिएको थियो ।
जसले गर्दा कोरोना भाइरस संक्रमणकै कारण भक्तपुरको बिस्का जात्रा लगातार दुई वर्ष रोकिने भएको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भारतमा कोभिड १९ संक्रमण दर बढेकाले त्यसबाट नेपालमा पनि जोखिम बढ्ने भएकाले जात्रा रोक्न बाध्य भएको बताउनुभयो ।

बिस्का जात्राअन्तर्गत हुने खट जात्रासमेत गर्न पाइने छैन । जसअनुसार यस वर्ष पनि गत वर्ष जस्तै बिस्का जात्रा औपचारिकतामा मात्रै सीमित गरिने भएको छ ।
भक्तपुरमा यस वर्ष यही चैत २८ गतेदेखि बिस्का जात्रा सुरु गर्ने कार्यक्रम थियो ।