त्रिशूलीमा बनाउँदै गरेको पुल भत्कियो

maitrinews

 

चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ । आज बिहान पुल भत्किएको स्थानीयले बताएका छन् ।
चितवन र तनहुँ जिल्ला मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।
ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान भत्किएको हो ।
आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । पुलको शिलान्यास २०७१ सालमा भएको थियो ।