कर्णालीमा एमालेको सरकार बन्ने

maitrinews

 

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्। अब त्यहाँ एमालेको एकल सरकार बन्ने बाटो खुलेको छ ।
एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुभयो ।

नेकपा विभाजनपछि एमालेले यहीँ चैत ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ। अब प्रदेश सभामा ३९ जना सांसद छन्। यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्।