कोरोना संक्रमण बढ्यो

maitrinews

 

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ८१९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १६३ जना काठमाडौं उपत्यकामा सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६३, ९काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५० जना सङ्क्रमित थपिएका छन् ।

नेपालमा अहिले २२ सय एकजना सक्रिय सङ्क्रमित छन् । नेपालमा निको हुने दर घटेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निको भएका छन् ।