काँग्रेसको प्रस्ताव जसपाले मानेन, नयाँ सरकार बन्ने सम्भावना अन्त्य

maitrinews

 

काठमाडौँ । वर्तमान सरकार ढाल्ने खेलमा जनता समाजवादी पार्टीले सहमति जनाएन । जसपाले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन नमानेपछि देउवा प्रधानमन्त्री बन्ने सम्भावना अन्त्य भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक विना निष्कर्ष टुङ्गिएसँगै नयाँ सरकार निर्माणको विषयमा समीकरण बनाउन नेपाली काँग्रेसको प्रयास असफल भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार ढाल्ने खेलमा सहमति जनाउनु भएन । उहाँले ओली सरकारलाई समर्थन गर्नुभयो। पार्टीले उठाएको माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको बताउँदै अहिले आफूहरू आफ्नो माग पूरा गराउने विषयमा मात्र चासो राखेको उहाँले बताउनुभयो । मुद्दा फिर्ता गर्न सरकारले प्रक्रिया सुरु गरेकाले सरकार ढाल्ने खेलमा नलाग्ने जसपाले स्पष्ट पारेको छ । आफ्ना माग पूरा भए जसपा सरकारमा जाने लगभग पक्का भएको छ ।