आज परम्परागत पर्व आज घोडेजात्रा

Smrit

काठमाडौं। काठमाडौ उपत्यकामा आज परम्परागत पर्व आज घोडेजात्रा । चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाउने चलन रहेको छ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले काठमाडौंको मुटु टुँडिखेलमा घोडदौड अर्थात अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आजका दिनलाई पिशाच चतुर्दशीका रुपमा पूजाआजा गरेर मनाउँने गर्दछन् । ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको
किम्वदन्ती रहेको छ।