आज क्षणिक वर्षाको सम्भावना

maitrinews

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका अधिकांश भू(भागहरूको मौसम आंशिकदेखि सामान्य बदली छ। देशका धेरै स्थानहरूमा तुँवालो लागेको छ।

महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सफा रहने छ। तर‚ पहाडी भू(भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केही भू(भागमा तुँवालोको असर पनि रहने छ।

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २८ देखि ३० डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।