तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

maitrinews

 

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यस सम्बन्धी थप रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
लअभिि

कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसी र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए। मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ ।
मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो। स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताउनुभयो ।