आज आठौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

maitrinews

 

हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते भक्तपुरको बोडेमा मे प्वा खनिउ जात्रा जिब्रो छेड्ने जात्रा हुन्छ।
आज बुद्धकृष्ण श्रेष्ठ आठौंपटक जिब्रो छेडाउँदै हुनुहुन्छ । त्यसका लागि उहाँ चैतको अन्तिम सातादेखि निराहार हुनुहुन्छ। पानीबाहेक अन्न मुखमा हाल्नुभएको छैन। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ।

बोडेको लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा मुलु(सुइरो बनाउँदै आइरहेका छन्। यो वर्षका लागि पनि ११ इन्चको नटुचा तयार अवस्थामा छ। हाल खाने तेलमा डुबाएर राखिएको छ फलामको नटुचा। आज बुद्धकृष्णको जिब्रोमा यही नटुचा छेडिनेछ।