अविश्वास प्रस्ताव ल्याउने तयारीसँगै गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

maitrinews

 

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावको तयारी चल्दै गर्दा गण्डकी प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै संसद् अधिवेशन अन्त्य गरिएको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।
प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ ।
गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।