आज पनि हावाहुरीको सम्भावना

 

काठमाडौँ । आज पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आज र भोलि दुई दिन हिजोको जस्तै अझ देशैभर हावाहुरीको सम्भावना रहेकाले सचेत हुन आग्रह गर्नुभयो ।

हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि। आज भने देशैभर हावाहुरीको सम्भावना छ।

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उहाँले भन्नुभयो ।