छ नेपाली महिलाव्दारा अन्नपूर्ण आरोहण

maitrinews

 

काठमाडौं । उच्च जोखिम मानिने विश्वको दशौं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाउनुभएको छ ।
छ नेपाली महिलासहित ६८ जना आरोहीले एकै साथ हिमाल आरोहण गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिनुभयो । अन्य आरोहणमा पनि नयाँ कीर्तिमान हुन सक्छ तर विभागले कीर्तिमान बनाउने गरी कसैलाई अनुमति नदिएको तर नेपाली महिला भने पहिलो आरोही भएको बताउनुभयो ।

कीर्तिमानी महिला आरोहीमा माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा रहनुहुन्छ । उहाँहरु नेपालका व्यवसायिक महिला आरोही हुनुहुन्छ ।