विश्वकै आकर्षक घडी

maitrinews

 

जेगर लेकलुल्ट्र रिभेर्सो हाइब्रिस मेकानिआ केलिब्र १८५ (क्वाड्रिप्टिक) विश्वकै सवैभन्दा आकर्षक घडी । यो घडीको मूल्य झन्डै १६ लाख अमेरिकी डलर रहेको छ । यस मेकानिकल घडीले चन्द्रमाका विभिन्न चक्रहरुलाई पनि ट्रयाक गरिरहेको हुन्छ ।
यसभित्रका ससाना सुईका काटाहरु विशेष आकृतिमा डिजाइन गरिएको छ । यसको अगाडि पट्टिको सिसाको भाग पल्टाएर हेर्न मिल्ने किसिमको हुन्छ । यसले ९० वर्ष पुरानो ऐतिहासिक ब्रिटिश शैलीको भाव दिन्छ । घडी निर्माता कम्पनीका प्रमुख क्याथरिन रेनिअरले यो क्वाड्रिप्टिकलाई कन्सेप्ट कारसँग तुलना गरेकी छन् ।
स्विट्जरल्यान्डको जेनेभास्थित सम्पन्न रिचमन्ट्स रिट्जी ‘वाचेज एन्ड वन्डर्स’ ट्रेड फेयरमा यो घडी सार्वजनिक गरिएको हो ।
अनलाइन पोर्टल ‘वाचेज एन्ड वन्डर्स’ ले लन्च गरेको घडीहरुको प्रस्तुतिमा यसबारे प्यानल छलफल, व्यापारिक स्रोतहरु र प्रश्नोत्तरको कार्यक्रमसमेत राखिएको थियो