एमालेविरुद्ध गतिविधि गर्नेलाई थप कारबाही हुन्छ : प्रधानमन्त्री

maitrinews

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
एमालेविरुद्ध गतिविधि गर्नेलाई थप कारबाही गर्ने बताउनुभएको छ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले एमाले हौं भनेर एमालेकैविरुद्ध मतदान गर्ने,पार्टीविरुद्ध गतिविधि गर्ने र समानान्तर कमिटीहरु चलाउनेमाथि थप कारवाही हुने बताउनुभयो।

प्रधानमन्त्री ओलीले आफुलाई घोक्राउछु धुलो चटाउछु भित्तामा टास्छौ भन्दै हिड्ने प्रचण्ड र माधब नेपाललाइ अब जनताले धुलो चटाएर भित्तामा टाँस्ने बताउनुभयो । उहाँले सति प्रथा अन्त्य भैसक्दा पनि माधव समुह त्यस्तै प्रथा रहिरहेको छ भन्दै भ्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो प्रथा रहदा पनि ती बिचरा अबला नारीहरुलाई आफ्नो पतिको नाउमा सति पठाइन्थ्यो । तर आज माधब नेपालहरु अर्काको लागि सति गैरहेछ्न । आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाइ फाँसी चडाउदैछ्न यो यीनको ऐतिहासिक अपराध हो।’

उहाँले भन्नुभयो, पत्रकार महासंघको चुनावमा प्रेस चौतारीको बिरुद्ध ११ संगठन मिलेर हराएछन अनि केपी ओलीलाइ सबक सिकायौ भन्दै फेरि लड्डु बाँडेरे। महासंघ जितेर के भयो रु के उपलब्धि प्राप्त गरे बुज्न सकिएन प्रधानमन्त्रीले भन्नुभयो । अब ४ पार्टी मिलेर हामीलाइ चौथो बनाउने रे ठिक विश्लेषण गर्नु भयो अब एमाले लडदैन मिलेर आउनु हामीले जिते २ तिहाइ ल्याउँछौं हारे बहुमत ल्याउँछौं । प्रचण्ड र माधब नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो सांसद कसरी हुने हो ? चुनाब पछाडि गठबन्धन बनाउन कोही आउने छैन तेही भएर चुनाव माधव नेपाल पक्षका लागि प्रतिगमन नै भएको उहाँको भनाइ थियो ।

बैठकमा माधव नेपाल पक्षका विष्णु रिजाल र सोम मिश्र सहभागी हुनुहुन्छ ।

यसैबीच,नेकपा एमालेले नेकपा विभाजनको बेला केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पार्टीबाट अलग भएपछि पुस ७ गतेको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

अब ती सवै राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा रुपान्तरण भएका हुन् । एमालेको बिधानअनुसार राष्ट्रिय प्रतिनिधि परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ । यो निर्णयसँगै एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बैशाख १० गते बस्नेगरी स्थगित भएको छ । केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय गरेको छ ।