राष्ट्रिय सभामा रिक्त पदमा चुनाव हुने
काठमाडौँ । आफ्नो पार्टी छाडेर नेकपा एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अगाडि बढाएको छ।
संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एउटा सदस्य पद खाली रहेको जानकारी गराएपछि आयोगले त्यो परिपूर्तिका लागि आगामी जेठमा चुनाव गर्ने प्रस्ताव राखेर गृह मन्त्रालयलाई पत्राचार गरेको हो।
राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार पदावधि ६ महिनाभन्दा बढी बाँकी रहँदै राष्ट्रिय सभामा सदस्य पद रिक्त भएमा ३५ दिनभित्र निर्वाचन गराई पूर्ति गर्नुपर्छ।