उपल्लो मुस्ताङमा हिमपात

maitrinews

 

जोमसोम । उपल्लो मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ। जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आंशिक रूपमा हिमपात भएको हो।

समुद्री सतहदेखि ३५ सय मिटर अग्लो उचाईको घिलिङ, घमी, चराङ, लोमान्थाङ छोसेर र कोरलानाका लगायतका बस्तीहरुमा हिमपात भएको लोमान्थाङका निमिक्त प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार गर्मी मौसममा हिमपात भएको र जमिनको सतह तातिएकाले हिउँ जमिनमा थेग्रिन नसकेको हो।
हिउदयामको मौसम पर्ने हिउँ गर्मीयाममा परेपछि स्थानीयबासी आश्चार्य चकित परेका छन्। बर्सेनी पुस, माघ र फागुनको दोश्रो सातासम्म पर्ने हिउँ यसवर्ष वैशाख महिनामा परेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिनुभयो । उहाँले ०७७ को पुस र माघ महिनामा ३ पटक मात्र आंशिक हिमपात भएको बताउनुभयो। तर, उपल्लो मुस्ताङमा आंशिक हिमपात भए पनि तल्लो मुस्ताङमा भने उच्च लेकमा आंशिक हिमपात भएको थियो। वैशाख महिनाको चैते दसैँ रामनवमीको बिहान उपल्लो मुस्ताङमा हिमपात भए पनि तल्लो मुस्ताङका हलुका वर्षा भएको छ।