काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

maitrinews

 

काठमाडौँ । काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश ३ हुँदै प्रवेश गरेको हो। प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा छ।

तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ।