गल्ती स्वीकार नगरी नेपाल पक्षमा २७ सांसदले बुझाए स्पष्टीकरण, थप कारबाहीको सम्भावना बढ्यो

maitrinews

 

काठमाडौँ । नेकपा एमाले नेता माधवकुमार नेपालसहित उहाँको पक्षका २७ सांसदहरुहरुले पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोधिएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । तर उहाँहरुले पार्टीविरोधी काम गरेको आफ्नो गल्ती स्वीकार नगरी अध्यक्ष ओलीमाथि नै पार्टी विभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँहरुको जबाफ चित्तबुझ्दो नभएकाले पार्टीले थप कारबाही गर्ने सम्भावना बढेको छ ।
ओलीले नेपालसहितका २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै स्पष्टीकरण सोध्नु भएको थियो । ।
चित्तबुझ्दो जबाफ नआए उहाँहरुमाथि जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी स्पष्टीकरणमा उल्लेख थियो ।

नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टिकरणको जवाफमा ओलीले हाल चालिरहेका कदमहरु नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएका आरोप लगाउँदै आफूले गलत काम नगरेको दावी गर्नुभएको छ ।
अध्यक्ष ओलीले सांसद पाण्डेलगायतका नेताहरूलाई एमालेकै नाम र सूर्य चिह्न प्रयोग गरेर किन नयाँ पार्टी खोलेको भन्दै प्रश्नसमेत गर्नुभएको थियो ।