वीरगञ्जमा ह्वात्तै बढ्यो कोरोना

maitrinews

वीरगञ्ज । भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकामा कडाइ गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सिमानाकामा हुने आवागमनमा कडाइ गरिएको जानकारी दिनु भयो । अत्यावश्यक कामबाहेक कसैलाई भारतबाट नेपाल भित्रिन नदिइएको उहाँले जानकारी दिनुभयो ।

खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढेपछि नाकाबाट अनावश्यक या साना कामका लागि हुने आउजाउलाई निरुत्साहित गर्न स्थानीय प्रशासनले सीमा नाकामा कडाई गरेको हो । वीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्लामा नै सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सिमा नाकामा कडाइ गरिएको र मुख्य नाकामा दुईवटा हेल्थडेक्स राखी भारतबाट आउने मानिसहरूको तापक्रम जाच्ने तथा कोरोनाको एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।