पूर्वरानी कोमलको अवस्था गम्भीर

maitrinews

 

काठमाडौँ । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेकी पूर्वरानी कोमल शाहलाई अहिले हाई फ्लो अक्सिजन सपोर्टमा राखिएको नर्भिक अस्पतालले बताएको छ।
शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि ुहाई फ्लो अक्सिजन सपोर्टु मा उहाँलाई आईसीयूमा राखिएको छ, अस्पतालका सञ्चार तथा जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले भन्नुभयो ।

उहाँका अनुसार अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बेलुका नै पूर्वरानीलाई आईसीयूमा सारिएको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा शाह वैशाख ११ गते अस्पताल भर्ना हुनुभएको हो ।