एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

maitrinews

 

सुनसरी । सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो ।