आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

maitrinews

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।

*अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

*आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

*सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुर्‍याएको छ। १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ। सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

*सरकारले सांसदहरुमार्फत निर्वाचन क्षेत्रमा विकास योजना छनोट गर्ने कार्यक्रम ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ ।

*सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उहाँले गर्नुभएको बजेट भाषणमा कोभिड खोपका लागि २६ अर्ब विनियोजन गरिएको बताउनुभयो । उहाँले सार्वजनिक गर्नुभएको बजेट भाषणमा कोरोना भाइरस कोभिड–१९० संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको छ ।

*सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्क बढाएको छ। हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

*सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७८र७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने लक्ष्य सरकारले लिएको हो । आगामी आवमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भन्दै यसले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

हेर्नुहोस् पूर्णपाठ :