नवलपरासीको चौधरी उद्योगमा भीषण आगलागी
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ ।
उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले जानकारी गराउनुभयो ।
बिहान ९ बजेदेखि लागेको आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् ।
आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीयहरु पनि खटिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभया । गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।