महतोको नेतृत्वमा जसपा सरकारमा

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ । जनता समाजवादी पार्टी जसपा महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराइँदै छ ।
नेकपा ९एमाले० पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज बेलुकी ५ बजे शपथको तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले हिजो राती जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गर्नुभएको थियो ।
जसपा स्रोतकाअनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा आजै सहभागी हुनेछ ।
नेता महतोलाई उद्योग बाणिज्य तथा आपूर्ति, अनिल झालाई शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तवलाई खानेपानी, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।