गण्डकीमा काँग्रेसले सरकार बनाए पनि टिकाउन गाह्रो

maitrinews

 

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित चार जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराउनु भएको हो । प्रदेशमा ११ वटा मन्त्रालय छन् । नेपालीले सबै मन्त्रालय आफैले राखेर चार मन्त्रीलाई बीना विभागीय मन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो ।

साठी सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य चाहिन्छ।

नयाँ सरकारलाई समर्थन गर्नेको सङ्ख्या टुपुक्क ३१ मत मात्र छ।

त्यसमा पनि कित्ता परिवर्तन गरेर आएका स्वतन्त्र सदस्य राजीव गुरुङ दीपक मनाङेलाई विश्वासमा लिई राख्नु पर्नेछ।

राजनीतिक रूपमा पनि भिन्न विचार भएका दलहरू मिलेर सरकारले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्नेछ जबकि राजनीतिक दलहरू सत्तामा गएपछि सहकार्यको संस्कृतिको सर्वथा अभाव देखिँदै आएको छ ।

सरकार गठन हुनासाथ सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्नुका अतिरिक्त असार १ गते प्रदेश सरकारको बजेट पेस गर्नुपर्ने चुनौती पनि नयाँ सरकार समक्ष हुनेछ ।