आधिकारिकताको दाबी गर्दै जसपा यादव पक्ष निर्वाचन आयोगमा

maitrinews

 

काठमाडौं। जनता समाजवादी पार्टी ९जसपा० नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ ।

आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत हुनुहुन्छ ।

यादव पक्षको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।