सभापतिका आकांक्षी विमलेन्द्र, शशांक र प्रकाशमानको सन्देश

maitrinews

 

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन्।

उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्।

सभापतिमा तीनै जना उठ्ने कि एकअर्कालाई सहयोग गरेर एकमात्रै उम्मेदवार बनाउने भन्नेबारे केन्द्रित रहेर उनीहरूले छलफललाई तीव्रता दिएका छन्।

आजको छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापतिको उठ्ने भन्ने पछि नै निर्णय गरिने

‘आज मुख्यगरी राष्ट्रिय राजनीति र पार्टी महाधिवेशनबारे हाम्रो छलफल भयो,’ उनले भने, ‘हाम्रो बीचमा सहमति भएर जाने सम्भावना प्रबल हुँदै गएको छ। पार्टीलाई एकजुट बनाएर लैजाने हाम्रो भनाइ हो।’

उनले पार्टीलाई गुट उपगुटमा विभाजित गर्दा धरासायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानु पर्नेमा जोड दिए।

‘पार्टीलाई एक ढिक्का बनाएर लैजाने हो,’ उनले भने।

उनले पार्टी सभापति को हुने भन्नेबारे पछि निर्णय गरिने बताए।