इन्द्रावतीले बगायो तीनतले घर

 

सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण बगेको मेलम्ची प्रहरीले जानकारी दिएको छ।

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेपछि बढेको इन्द्रावतीले मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो।

असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।

निरन्तर वर्षाको कारण नदिमा पानीको बहाब बढिरहेकाले नदि आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।