सन्तुलन खल्बलियो : ओली

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले सन्तुलन खलबल्याएको बताउँदै तर फैसलको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको जानकारी दिनुभएको छ । । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा आज दिउँसो अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ । राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ । तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’