कुलमानले गर्न नसकेको काम हितेन्द्र देबले गरे ; शेयर लगानीकर्ता सबै उत्साहित

maitrinews

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते बालुवाटारबाटै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेर उद्घाटन गरेका थिए। स्वदेशी लगानीमा निर्माणाधीन यस जलविद्युत् आयोजनाले भदौ १ गतेभित्र चारवटै युनिटबाट ३०४ मेगाबाट बिजुली व्यापारिक उत्पादन गर्ने भएको छ। आयोजनाको तिनवटा युनिटबाट अहिले २२८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडेर प्राविधिक परीक्षणको काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको तीन युनिटबाट उत्पादन भएको बिजुली प्राविधिक परीक्षण भइरहेको बताए। ‘ कार्यकारी निर्देशक शाक्यले भदौ १ गतेसम्म आयोजनाको चारवटा युनिटबाट ३०४ मेगावाट बिजुली व्यापारिक उत्पादन गर्ने कार्ययोजना अनुसार काम भइरहेको बताए। उनले भने, ‘यो आयोजनाबाट सुख्खायामको पिकआवरमा पनि दैनिक चार घन्टा बिजुली उत्पादन गर्न सकिने भएकाले बिजुली आयात कटौतीमा निकै ठूलो सघाउ पुग्नेछ।’ प्राधिकरणले दुईदेखि तीन दिनभित्रै आयोजनाको चौथो युनिटको पनि प्राविधिक परीक्षण सुरु हुने जनाएको छ।

करीब ६ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस योजना ११ बर्ष पछि हितेन्द्र देव शाक्य आएपछि सम्पन्न गर्न सफल भएको छ । बहुप्रतीक्षित यो आयोजनाको मुख्य सिभिल निर्माणको काम २०६७ भदौ १७ गते सुरु गरिएको थियो। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ जेठ ४ मा आयोजनाको शिलान्यास गरेका थिए। प्रारम्भिक चरणमा यो आयोजना ६ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। २०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीले काम २० महिना रोकियो। भूकम्पले भूमिगत मुख्य सुरुङको डिजाइन परिर्वतन गर्नुपर्दा काम तोकिएको समयमा पूरा हुन सकेन। अर्कोतर्फ आयोजनाको पेनस्टक पाइप जडान तथा आपूर्तिको काम गर्ने जिम्मेवारी पाएको भारतीय
कम्पनी टेक्स्म्याकोले ढिलासुस्ती गरेपछि २०७५ पुस २३ मा तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइयो। एन्ड्रिजले पनि तोकिएको समयमै पेनस्टक पाइप जडान गर्न सकेन।

प्राधिकरणकै स्रोत अनुसार प्राधिकरणले समयमै पेनस्टक पाइप जडान गर्न नसकेपछि ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्नुपर्नेमा गलत नियत र सेटिगंका कारण सो गर्न नसक्दा आयोजना निर्माणमा ५ वर्ष ढिला हुन गयो । जसले गर्दां यस आयोजनाको लागत डबल भन्दा बढी पर्न गयो । यो आयोजनाको सुरुवाती अनुमानित लागत व्याजबाहेक ३५ अर्ब २९ करोड रूपैयाँ थियो। सुरुआती चरणमा आयोजनाको निर्माण अवधिको ब्याज १४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएकोमा ढिलाइले थप १८ अर्ब बढेर ३२ अर्ब रूपैयाँ पुगेको छ। आयोजनाको कुल ब्याजसहित लागत ८४ अर्ब रूपैयाँ पुग्ने भएको छ।

यसरी एउटा आयोजनाको लागत अरबौं रुपैंया बढी पर्न जाँदा पनि यस अघिका कार्यकारि निर्देशक कु्लमान घिसिंग सस्तो लोकप्रियतामा लागेको तर उनको ४ बर्षे कार्यकालमा पनि माख्खो मार्न नसकेको आयोजनाकै कर्मचारीहरु बताउँछन् । नाम नभन्ने शर्तमा केही कर्मचारीहरुले भने “कुलमान मेडिया स्टन्ट गर्न रमाउने, मेडियामा पैसा छरेर आफ्नो सस्तो लोकप्रियता कमाउने तर यो आयोजनाको लागि एउटा पेनस्टक पाईप समेत जडान गर्न नसक्ने असक्षम व्यक्ति हुन् । तर के गर्ने यहाँ मेडियामा पैसा खर्च गरेपछि यस्तैको हाई हाई हुने रहेछ जुन दुर्भाग्य हो ।”
सस्तो लोकप्रियतामा रमाएर आफूलाई मसीहा ठान्ने कुलमानले भन्दा धेरै गुणा राम्रो काम र धेरै कामहरु अहिलेको कार्यकारी निर्देशक शाक्यले गरेको त्यहीं कै कर्मचारीहरु बताउँछन् । बस फरक यो छ कि शाक्य मेडियामा आफ्नो प्रचार गर्ने भन्दा राम्रो काम गर्न रुचाउँछन अरु यस्को विपरीत छन् । हितेन्द्र देव शाक्य आएपछि प्रधानमन्त्री के पी शर्मा ओली को समेत निर्देशनमा रात दिन काम गरेर यस योजना छिटो सम्पन्न गर्न सफल भएको छ । अहिले लगानी कर्ताहरु समेत खुशी भएको हुनाले माथिल्लो तामाकोशीको शेयरको मूल्य दिनप्रतिदिन बढिरहेको छ ।