पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

 

काठमाडौँ । पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले भने–‘प्रहरीमाथि हातपात भएको अवस्था छैन तर, बोलीचाहिँ छुद्र थियो ।’