१८ वर्षपछि मेस्सीले छाडे बार्सिलोना

maitrinews

 

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो ।

मेस्सीले आज सो क्लवसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । तर, आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लवले जनाएको छ ।

‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लव दुवैको सम्झौता गर्न मनसाय रहे पनि यो हुन सकेन ।’

बार्सिलोनाले मेस्सीलाई आजसम्म गरेको योगदानका लागि आभार व्यक्त गरेको छ । साथै भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक जीवनका लाग शुभकामना दिएको छ ।

मेस्सी सन् २००३ देखि बार्सिलोनामा आवद्ध थिए । १८ वर्षपछि उनी सो क्लवबाट बाहिरिएका छन् ।