नौवटा दिमाग भएको अक्टोपस
प्रशान्त महासागरमा तीनवटा मुटु, निलो रगत र नौवटा दिमाग भएको अक्टोपस फेला परेको छ । यसका शरीरमा भएका तीनवटा मुटुको काम नै बेग्लाबेग्लै हुन्छ । दुईवटा मुटुले श्वासप्रश्वास गर्ने गिल्समा रक्तप्रवाह गर्दछन् भने अर्को एउटा ठूलो मुटुले शरीरका अन्य भागमा रक्त सञ्चार गर्दछ । अक्टोपसका नौवटा दिमागको पनि छुट्टाछुट्टै ठाउँमा हुन्छन् । एउटा मुख्य केन्द्रीय मस्तिष्क सरीरको माथिल्लो भागमा खानानलीको वरिपरि डुनोट आकारको हुन्छ भने अरु ८ वटा मस्तिष्कमध्ये एक एकवटा दिमाग अक्टोपसका हरेक आठ वटा हातमा हुन्छन् । ती आठवटा मस्तिष्कले आआफ्नै ढंगले स्वतन्त्र रुपमा काम गर्दछन् ।
अक्टोपसका आठवटा हातमध्ये एउटाले चाहिं यौन कार्यमा भूमिका खेल्दछ । यसको नाम हेक्टोकोटाइलस हो । भाले अक्टोपसले यही हातको सहायताले आफ्नो शुक्रकिट पोथी अक्टोपसको शरीरसम्म पुर्याउँछ । पोथीले एक पटकमा एक लाखसम्म अण्डा पार्दछ ।अक्टोपसलाई निकै बुद्धिमान मानिन्छ । यसका हरेक हातमा दिमाग हुने भएकाले नै अक्टोपसले कुनै सामानलाई चलाएको र खेलेको देखिन्छ । विगतमा त विश्वकप फुटबलका भविष्यवाणीका लागि समेत अक्टोपसको प्रयोग भएको थियो ।