३ हजार ४८१ जनामा कोरोना, ३० जनाको मृत्यु

maitrinews

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १६ हजार ६५६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप १ हजार ८८५जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ३३ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार १८० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।