माधव नेपालका अधिकांश हस्ती एमाले बैठकमा

maitrinews

 

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक माधव नेपालका अधिकांश हस्ती र पूर्व माओवादी नेता सहभागी भएका छन् । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका हुन् ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।