चीनबाट आइपुग्यो ४४ लाख भेरो सेल, सोमबारबाट वितरण अभियान

 

काठमाडौँ । चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरो सेल खोप असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने अधिकारीहरूले बताएका छन्।

दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ।

एकै खेपमा नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो।

नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।